Breaking

जनार्दशनशर्मा फेरि अर्थमन्त्रीबन्दै, कहिले फर्किएलान् सिंहदरवार ?


काठमाडौँ — बजेट निर्माणका क्रममाअनाधिकृत व्यक्तिलाई प्रवेश गराई करको दर हेरफेर गराएको आरोप खेप्दै राजीनामा गरेका अर्थमन्त्रीजनार्दशनशर्माका बारेमा छानवीन गर्न गठित विशेष संसदीय समितिले धमाधमकामगरिरहेको छ । तर सिसिटिभि फुटेजदेखि अन्यकुनै पनितथ्यसंगत प्रमाण नभेटिएपछि समितिको प्रतिवेदनशर्माकै पक्षमाआउने आंकलन सुरु भएको छ । यदी यस्तो अवस्थाआए अर्थमन्त्रीमाजनार्दशनशर्मा नै फर्कने स्थिति देखिएको छ ।

बजेट निर्माणका क्रममाअनधिकृत रुपमा अर्थमन्त्रालयमा निकटस्थहरुलाई प्रवेश दिई बजेट निर्माणलाई प्रभावितबनाएको बारे चर्काे विरोध भएपछि जनार्दन शर्माले मन्त्री पदबाट राजीनामा गरेका थिए । उनकाबारे आलोचनाभएकाविषयमा छानवीन गर्न विशेष संसदीय छानवीन समिति समेत गठन भएको थियो । असार २२ गते गठन भएको समितिले अनुसन्धानको समयावधी १० दिनगुजार्दा समेत कुनै प्रमाण फेलापार्न सकेन ।

यस अवधीमा संसदस्य समितिले अर्थ मन्त्रालयकाअधिकारीहरु, समाचार सम्प्रेषण गर्ने पत्रकारहरु र स्वयमनिवर्तमान अर्थमन्त्रीजनार्दन शर्मासंग सोधपुछ गरेको थियो । तर सोधपुछ तथा अनुसन्धानको क्रममाकुनै प्रमाण फेलानपरेपछि समितिको समयावधी७दिनथपगरिएको छ । असार २२ मा गठन भएको समितिले २८ गतेदेखि काम सुरु गरेको थियो । समितिले बिहीबारमात्रै सभामुख सापकोटासँग समय थप्नमाग गरेको थियो ।

अनाधिकृत व्यक्ति अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममाप्रवेश गरेको कुनै तथ्यसंगतप्रमाण फेलानपरेकाले शर्मा निर्दाेष रहेको प्रतिवेदन संसदीय समितिले तयार पार्ने आंकलन सुरु भएको छ ।थपिएको समय आगामीसाउन १२ गते सकिनेछ । यदीउनीनिर्दोष सावितभएजनार्दन शर्मा पुनः अर्थ मन्त्रालयफर्किनेदेखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीमाअन्यकुनै व्यक्तिलाई नियुक्तगर्ने मनस्थितिबनाएको देखिएको छैन ।निर्दाेष सावितभएउनलाई नै अर्थमन्त्रीको जिम्मेवारी दिने गरि पठाउने माओवादी केन्द्रको पनितयारी छ ।

जनार्दन शर्माले राजनीनामा गरे लगत्तै संसद भवन परिसरमै पत्रकारहरुसंग बोल्दै माओवादी केन्द्रकाप्रभावशाली नेताबर्षमानपुनअनन्तले समेत अर्थ मन्त्रीमाजनार्दन शर्मा नै दोहोरिने बताएकाथिए । पार्टीभित्रप्रतिस्पर्धि मानिने यीदुई नेतामाजनार्दन शर्मा मन्त्रीपरिषद्बाट बाहिरिएपछि अनन्त अर्थ मन्त्रीबन्ने चर्चा पनिचलेको थियो । नेताअनन्तले नै शर्मा नै दोहोरिने बताइसकेकाले यदीउनीनिर्दाेष सावितभएउनीपुन अर्थमन्त्रालयफर्कने स्थिति देखिएको हो ।