Breaking

गठबन्धनको डम्फू बजाएर बस्न सकिँदैनः माधव नेपाल


काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा (नेकपा एकीकृत समाजवादी)का अध्यक्ष एवम्माधवकुमार नेपालले गठबन्धनको डम्फूमात्रै बजाएर बस्न नसकिने चेतावनी दिएका छन्। आगामी मंसीर पहिलो साता आम निर्वाचनको घोषणा हुने भन्दै अध्यक्ष नेपालले अब भने गठबन्धनको डम्फूमात्रै बजाएर बस्न नसकिने बताएका हुन् ।

पार्टी निकट नेपाल तामाङ संघ समाजवादीले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गठबन्धनको डम्फू बजाउने काम छोडेर पार्टीको संगठन सदृढीकरणको काममा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

स्थानीय तह निर्वाचनमा पार्टीलाई सुदृढ बनाउने काममा नलाग्दा सत्तारुढ अन्य दलहरुले आफूहरुलाई सहयोग नगरेको अध्यक्ष नेपालको भनाइ थियो। उनले आगामी आम निर्वाचनमा २० देखि २५ सिट ल्याउने दाबी समेत गरे ।