समाचार

पहिरोले नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध


काठमाडौँ – पहिरो झरेर नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहान चितवन इच्छाकामना गाउँपालिका ५ को खहरेखोला भन्ने स्थानमा ढुङगा र माटोसहितको आएर पहिरो आएर पहिरोले सडक दुईतर्फी नै अवरुद्ध छ ।

सडक खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक अवरुद्ध भएपछि नारायणगढतर्फ आउने र काठमाडौँ पोखरातर्फ जाने सवारीसाधनबीच बाटोमा नै रोकिएका छन् ।