Breaking

मुटुको अपरेशन नभएर विरामी मर्ने अवस्थामा, नविना लामालाई किन बनाइयो ट्रोल ?


काठमाडौँ – मुुटुमा समस्या देखिएपछि जो कोहीले झट्ट सम्झिने अस्पताल हो, काठमाडौँको बासबारीमा रहेको शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्र । तर मुटुको अपरेसन गर्न भर्ना गरिएका ४५ जना बिरामीलाई घर फर्काइएपछि अहिले यो अस्पतालको आलोचना सुरु भएको छ । मुटुको अपरेसन गर्न आवश्यक पर्ने अक्सिजेनेटरको अभावमा अस्पतालले विरामी पठाएपछि यो विषयले अहिले संसदमा प्रवेश पाएकोछ ।

स्वास्थ जस्तो संवेदनशिल विषयमा सरकार गंभिर नभएको भन्दै नेकपा एमालेकी सांसद नविना लामाले विषयलाई संसदमा उठाइन् । तर विषय उठान गर्दा मातृ भाषाको प्रभावले हुन सक्छ शव्दमा लरखरीएर चिप्लिएकी लामालाई सामाजिक सञ्जालमा खेदो खनियो । भलै उनको शव्द चिप्लियो होला तर उनले उठान गरेको विषयको गांभिर्याता कसैले बुझेनन् यस्ता सांसदलाई हटाउनुपर्छ भन्न सम्म भ्याए ।

नविना लामालाई ट्रोल गरिएको दिन संसदमा २८ जना सांसदले बोलेका थिए । स्वास्थ जस्तो संवेदनशिल विषयमा अरु २७ जनाले चुइक्क बोलेनन् जसले बोलिन् बोलिसकेर बाहीर निस्किदा सामाजिक सञ्जालमा उनको उछितो काडिसकिएको थियो । शुन्य र विशेष समयमा हतारमा बोलिकी उनले आफ्नो शव्दलाई नियन्त्रणमा राख्न सकिन्न र ट्रोलको शिकार भइन् ।

तर उनले बोलेको शव्द नियन्त्रीत नभएपनि उठान गरेको विषयको गंभिरताका विषयमा यो समाजको ध्यान जान सकेन । अर्काको खेदो खनेर रमिता हेर्न बानी परेको नेपाली समाजलाई नविना पनि १÷२ दिनका लागि मसलानै बनिन् । तर यसो भनिरहदा नविनाचै सवै कुरामा ठिक भन्ने हैन, उनले पनि मातृभाषाको प्रभाव पर्यो भन्दैमा अर्थलाई अनर्थ लाग्ने गरी बोल्ने छुट त काहाँ छ र ? लेखेकै कुरा हेरेर भन्दै गरेकी उनले सुरुको शव्द विग्रिएपछि थप दबाबमा परेको र आतियर झनै बिग्रिएको प्रतिक्रिया दिएकी छिन् । संसदमा सांसदका बोली चिप्लिने र एउटाले भाषण गरीरहदा अरु निदाउने घटना नौलो हैन । विगतमा पनि यस्तो थुप्रै घटनाहरु भएका छन् । तर कसैको बोलीको अस्पस्टता अथवा कमजोरीलाई ढाल बनाएर उसको हुर्मत लिनुलाई पनि सब्य समाज र सचेत नागरिकको दर्जा पक्कै दिइदैन ।

यस अघि पनि नविनाको जस्तो हविगत अरु माननीयको पनि भएको छ । एमालकै अर्की सांसद कुमारी मेचे अर्को उदाहरण हुन् । ०७६ भदौ ५ को प्रतिनिधिसभा बैठकको शून्य समयमा मेचेले किसानले मल नपाउँदा भोग्नुपरेको सास्तीबारे प्रश्न उठाएकी थिइन् बोल्दा उनले माइक समाएर फुकेकी थिइन्, त्यसपछि विषय उठाउँदा उनको वाक्य गठन र वर्णविन्यास लरबरिन पुगेको थियो । त्यो विषय पनि उडाउनेका लागि केही दिन मसला बन्यो । उनको शव्दलाई लिएर सामाजिक सञ्जाल रंग्याइयो । उनका अभिव्यक्तिमा व्याकरणगत त्रुटि भए पनि किसानको अधिकारका विषयमा उनले उठाएको मुद्धा जायज थियो ।

तर, सांसद मेचेको भावमा कोही गएन, बरु एकोहोरो खेदो खनिरहे ।त्यस्तै कर्णाली प्रदेशमा मुगुकी सांसद झोवा विक बोल्दा बैठकमा रहेका सांसदहरू हाँसेको भिडियो पनि भाइरल भएको थियो । ०७७ को नीति तथा कार्यक्रममा आफ्नो भनाइ राख्दा उनलाई ट्रोल गरिएको थियो । अहिले पनि हामी विषयमा भन्दा व्यक्तिको बोलीका पछि दौडिरहेका छौ जसका कारण मुद्धा ओझेलमा र शव्द अगाडि आईरहेको छ । मुलत यस्ता विषय व्यक्तिको बोली तिर डाइभर्ट हुँदा गंभिर प्रकृतिका विषय ओझेलमा छन् । झण्डै चार दर्जन बढी विरामीलाइृ अस्पतालबाट निकालिएको विषयमा गंभिर सवाल उठान गरेकी नविनाको शव्दको पछाडि दौडिदा अभाव भएको अक्सिजेनेटरको विषयमा सायद कसैले प्रश्न पनि गरेका छैनन् होला ।