Breaking

देउवालाई विदेश भ्रमणमा नजान गठबन्धनले नै सुझाव दिएको हो : यादव


काठमाडौँ — पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवले मुलुकको आन्तरिक राजनीतिक कारणले गर्दा प्रधानमन्त्री शेरबहादुर देउवालाई विदेश भ्रमणमा नजान गठबन्धनले नै सुझाव दिएको बताएका छन् । प्रधानमन्त्रीको भ्रमण नहुने वा नजाने भन्ने होइन, हामीले आफ्नै आन्तरिक कारणले गर्दा भ्रमण नहुँदा हुन्छ भनेका हौं, जनता समाजवादी पार्टीका अध्यक्ष रहेका यादवले भने ।

प्रधानमन्त्री देउवाले असार अन्तिम वा साउन पहिलो सातामा अमेरिका भ्रमण गर्ने गृहकार्य भएको थियो । तर, दुवै मुलुकका नेताहरुबीच अनुकूल समय मिल्न नसकेपछि भ्रमणको विषयमा गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । गठबन्धनकै अर्का नेता तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने केही दिनअघि स्टेट पार्टनरसीप प्रोग्राम एसपीपी अगाडि नबढेपछि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको सार्वजनिकरुपमै अभिव्यक्ति दिएका थिए ।