काठमाडौँ — नेकपा एमाले सांसद भीम रावलले नागरिकतामा सरकराले छल गरेको बताएका छन । नागरिक विधेयकमाथि संशोधन प्रस्ताव राखेका रावलले सरकारले सम्बन्धित समितिमा नपठाइ पारित गर्न खोज्नु छल भएको बताएका छन् । यो छलफल होइन छल हो । नागरिकता जस्तो संवेदनशील विषयमा छल गर्नु निन्दनीय छ ।
देशको दीर्घकालीन विषयसँग गाँसिएको नागरिकता जस्तो संवदेशनशील विषयलाई समितिमा नपठाई जबरजस्ती अघि बढाइनु लोकतन्त्रको उपहास हो र निरंकुशता हो,रावलले भने, संसारमा कहीँ पनि नागरिकता खुकुलो हुन्न ।
संविधान निर्माणको समयमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले निश्चित समयावधि ५ वा ७ वर्ष नेपालमा निरन्तर रूपमा बसोबास गर्नुपर्ने भनि प्रमुख राजनीतिक दलका नेताहरुले गरेको सहमतिविपरीत राज्य व्यवस्था समितिले निर्णय गरी सात वर्ष प्रावधानलाई हटाउनु सहमतिको धज्जी उडाउँदै राष्ट्रप्रति बेइमानी गरेको ठहर्छ र यो राजनीतिक अनैतिकता पनि हो ।
रावलले विशाल जनसंख्या भएका दुई वटा देशको बीचमा संवेदनशील भूराजनीतिक अवस्थिति रहेको उल्लेख गर्दै जनसंख्याको राजनीतिमा पारेर नेपाललाई दीर्घकालीन संकटमा पार्ने ठूलो भूमरी सिर्जना गरिएको बताए । सत्ताका लागि यस्तो गर्नु भनेको आफ्नो अन्तरआत्मालाई सोझै यो अन्याय हो कि कर्तव्यपरायण वा यो नेपालको संविधानको पालना हो कि बेइमानी हो आफूलाई सोधौँ रावलले भने ।


प्रतिक्रिया