Breaking

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमसिंघेलाई प्रधानमन्त्री देउवाको बधाई


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमसिंघेलाई बधाई तथा शुभकामना दिएका छन् । देउवाले ट्वीट गर्दै नेपाल सरकार र नेपाली नागरिकको तर्फबाट बधा तथा शुभकामना व्यक्त गर्दछु भनेका छन् ।

देश आर्थिक संकटमा फसेपछि नागरिकमाझ अलोकप्रिय भएका प्रधानमन्त्री विक्रमसिंघेलाई बुधबार श्रीलंकाली संसदले राष्ट्रपति चयन गरेको थियो ।

६ कार्यकाल प्रधानमन्त्री बनेका उनले आफू राष्ट्रपति भए लगत्तै दिनेश गुणावर्धनेलाई प्रधानमन्त्री नियुक्त गरेका छन् ।