काठमाडौँ — सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको अर्थतन्त्रमा केही समस्या छन् तर,श्रीलंकाको पथमा नजाने बताएका छन् ।
नेपाल छिट्टै सबल अर्थतन्त्र भएको मुलुकमा दर्ज हुनेछ,’ शुक्रबारबाट हेटौंडामा सुरु भएको नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनमा सम्बोधन गर्दै उनले भने । नेपाली कांग्रेसको शुभेच्छुक संगठनको रूपमा रहेको युनियनको महाधिवेशनमा सहभागी हुने देशभरबाट पत्रकार, प्रतिनिधि तथा शुभेच्छुक गरी करिब दुई हजार जना हेटौंडामा भेला भएका छन् ।
भेलाले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वको विषयमा दुई खेमामा विभाजन भएर उम्मेदवारी घोषणा सुरु भइरहेको छ । महाधिवेशनमा सहभागी हुन कांग्रेसका शीर्ष नेतृत्व हेटौंडामा आएका छन् ।


प्रतिक्रिया