समाचार

ट्र्याक्टरले किच्दा बालकको मृत्यु


काठमाडौँ — भोजपुर नगरपालिका–१२ छ चौतारामा ट्र्याक्टरले किच्दा बालकको मृत्यु भएको छ ।

बिहीबार साँझ सामान बोकेर सदरमुकामबाट गुम्बा जाँदै गरेको मे १ त ७४४४ को ट्र्याक्टरले किच्दा पाँच वर्षीय नेन्साङ तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

दुर्घटनापछि फरार चालकलाई गएराति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजकुमार राईले जानकारी दिए । घटनाबारे अनुसन्धान थालेको उनले बताए । बालकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुरमा राखिएको छ ।