Breaking

आइतबारसम्म ठूलो वर्षाको सम्भावना


काठमाडौँ – अहिले (शुक्रबार बिहान ६ बजे) देशका केही स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला प्रदेश १, गण्डकी, कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको हो । सुदूपश्चिम प्रदेशका एक दुई ठाउँमा पानी परिरहेको जनाएको छ ।

महाशाखाका अनुसार आगामी ३ दिन अर्थात् आइतबारसम्म ठूलो वर्षाको सम्भावना छैन । हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसमविद् महर्जनले बताइन् ।