Breaking

संसदमाएसपीपीको तरंग,सभामुखले गरे रुलिङ,यस्तो छ औपचारिक पत्रचार नहुनुको कारण


काठमाडौँ — मन्त्रिपरिषदले अमेरिकी शैन्य सहयोग स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी अस्वीकार गर्ने निर्णय गरेको महिना दिन पुग्यो । तरएसपीपी अस्वीकार सरकारको निर्णयले औपचारिकता पाएको छैन । नेपाल सरकारले अमेरिकालाई यस विषयमा अझै औपचारिक पत्रचार गरेको छैन । फलत यो विषयले संसद तातेपछि सभामुखले सरकारको नाममा रुलिङ नै जारी गरेका छन् ।


पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सदनमार्फत सरकारको कार्यकारी अधिकारमाथी नै प्रश्न उठाएका छन । एसपीपी अस्वीकार गर्ने सरकारको निर्णयबारे अमेरिकालाई पत्र नलेखेको भन्दै सरकारको कार्यकारी अधिकार कता छ ? भन्दै प्रश्न गरे । सरकारको रबैयाले राष्ट्रियमाथी नै खतरा मडारिएको उनको टिप्पणी थियो ।

त्यस्तै सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गराउन माग गरे ।सरकारले निर्णय गरेको एक महिना पुगिसक्दा पनि पत्राचार नगरेको भन्दै माओवादी केन्द्रले सदन र सरकारको ध्यानाकर्षण गराउँदै सरकारलाई रुलिङ गर्न माग गरेको थियो । सरकारले निर्णय गरिसक्दा पनि परराष्ट्र मन्त्रालयले पत्राचार गर्न आनाकानी गर्नु शंकास्पद रहेको गुरुङको भनाइ छ।

एसपीपी सम्झौताका सवालमा रुलिङको माग गर्दै बुधवार रोष्टम नै कब्जा गरेका नेकपा एमालेका नेता सांसद भीम रावलले बिहीबार पुन रुलिङको माग गरेको छ । एसपीपीको विषयलाई लिएर एकपछि अर्को सांसद्ले आपत्ति जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले एसपीपीवारे सदनलाई जानकारी गराउन सरकारको नाममा रुलिङ नै गरे ।

गत असार ६ गतेको मन्त्रिपरिषद् बैठकले विवादित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेर पत्र लेख्ने निर्णय गरेको थियो । परराष्ट्र मन्त्रालयले एसपीपी वारे यस अघि भएका सम्झौताहरुमा परराष्ट्र मन्त्रालय सहभागी नभएकाले विस्तृत अध्ययन गर्नुपर्ने र अध्ययनपछि पत्रचार गर्ने बताउँदै आएको छ । तर परराष्ट्र मन्त्रालयलाई प्रधानमन्त्री देउवाले नै पत्राचार नगर्न दवाव दिएको भन्दै सांसद्हरुले अनेक आशंका प्रकट गर्दै आएका छन् ।