विदेश

भारतीय राष्ट्रपति निर्वाचन: द्रौपदी मुर्मूको अग्रता


काठमाडौँ — भारतीय राष्ट्रपति निर्वाचनको मतपरिणाम बिहीबार घोषणा गर्ने तयारी भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार देशको १५ औै राष्ट्रपतिको नतिजा बिहीबार साँझसम्म घोषणा गर्ने तयारी भएको हो । राष्ट्रपति चुनावको पहिलो चरणको मतगणना पुरा भइसकेको छ । जसमा सांसदको मतगणना सम्पन्न भएको हो ।

मतगणना अधिकारीका अनुसार द्रौपदी मुर्मूले ५४० र यशवंत सिन्हाले २०८ सांसदको भोट पाएका छन् । यस्तै १५ भोट भने रद्ध भएको समाचारमा जनाइएको छ । समाचारअनुसार द्रौपदी मुर्मूको भोट भ्यालु ३ लाख ७८ हजार रहेको छ । जबकी यशवंत सिन्हाको भ्यालु १ लाख ४५ हजार ६०० रहेको छ ।

संसदमा कोठा नम्बर ६३ मा संसदको मतगणना पुरा भएपछि राज्यको गणना सुरु भएको हो । यसपछि जीतको औपचारिक घोषणा हुनेछ । एनडीएकी उम्मेदवार द्रौपदीको जित लगभग सुनिश्चित रहेको समाचारमा जनाइएको छ । यसैबीच द्रौपदीको गाउँमा जितको खुसीयाली सुरु भइसकेको छ ।