Breaking

संसदीय विशेष छानबिन समितिको बैठक सुरू


काठमाडौँ — संसदीय विशेष छानबिन समितिको बैठक सुरू भएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बैठक बिहिबार बिहान सिंहदरबारमा सुरू भएको हो । बैठकमा निवर्तमान अर्थमन्त्री शर्मा उपस्थित भएका छन् ।

आजको बैठकमा पूर्वमन्त्री शर्मासँग छलफल हुने कार्यसूची अनुसार बैठकमा शर्मा उपस्थित भएका हुन् । यसैगरी समिति संयोजक लक्ष्मणलाल कर्णले छानबिनका लागि संसदले दिएको १० दिन समय नपुग्ने भन्दै म्याद थपको विषयमा छलफल गर्ने बताए । ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने उनले बताए । सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समितिलाई छानबिनका लागि १० दिनको दिएका थिए ।

उक्त आरोपबारे छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो ।