Breaking

चुनावी तालमेलले काँग्रेसमा विद्रोह ल्याउछ, मेरो प्रधानमन्त्रीमा दाबी रहनेछ : डा. शेखर कोइराला


काठमाडौँ — नेपाली कांग्रेसले आगामी निर्वाचनमा पनि गठबन्धनसहित जाने निर्णय गरेपछि यसको विभिन्न कोणबाट विश्लेषण सुरु भएको छ । कांग्रेसले गरेको सिघ्र निर्णयले दिन खोजेको सन्देश र असन्तुष्ट पक्षको सहमतिबारे समेत अहिले बहस सुरु भएको छ । तर निर्णय कार्यान्वय भने कांग्रेसकै लागि समेत त्यति सहज भने देखिँदैन ।

नेपाली कांग्रेसको सोमवार सकिएको केन्द्रीय समिति बैठकले सङ्घीय र प्रदेश चुनावमा पनि वर्तमान गठबन्धनबीच नै चुनावी तालमेल गर्ने निर्णय गरेपछि नयाँ वहस सुरु भएको छ । यहिवीचमा निर्णयलाई लिएर आगामी मार्गचित्रबारे विभिन्न अडकलबाजी सुरु भएका छन् । विशेषत : निर्णयप्रति कांग्रेसको सिघ्रता र गठबन्धनबारे असन्तुष्ट डा. शेखर कोईरालाको मौन सहमतीले गठबन्धन कांग्रेसलाई बढि आवश्यक देखिएको धेरैको बुझाई छ ।

यो निर्णयमा पुग्न अघि कांग्रेसले केन्द्रीय समितिमा व्यापक वहस गरेको थियो । माओवादी अध्यक्ष प्रचण्ड एक्लै चुनाव नलडी कोहि न कोहि संग गठबन्धनमा जाने पक्का भएकोले उनीहरुलाई नरोके आफैलाई क्षती हुने कांग्रेसका गठबन्धन पक्षधरले व्रिफिङ गरेका थिए । अर्कातर्फ गत निर्वाचनमा कृष्णप्रसाद सिटौला,शेखर कोईराला, विश्वप्रकाश शर्मा, रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ,डा.चन्द्र भण्डारी, विमलेन्द्र निधिको हारले समेत कांग्रेसले गठबन्धनको साथ खोजेको छ । त्यस्तै सुदुरपश्मिचमा एनपी साउद रमेश लेखक, आरजु देउवा जस्ता प्रभावशाली नेता चुनाव हारेको पनि कांग्रेसले भुलेको छैन ।

अर्कातर्फ विगतको अनुभवले समेत वहसमा रहेको वाम गठबन्धनको सम्भावना निस्तेज पानुपर्ने दवावमा कांग्रेसमा रहेको छ । फलत ः तालमेलको सीट बाँडफाँट गर्दा आफ्नो पार्टी मुख्य नेतृत्व रहने, गठबन्धनको बलमा कांग्रेसको एकल बहुमत सुनिश्चित गर्ने रचुनावपछि पनि कांग्रेसकै नेतृत्वमा ५ वर्ष स्थिर सरकार दिने वुँदा सहित कांग्रेसले यहि गठबन्धनलाई अघि बढाउने निर्णय गरेको छ ।एक्लै लड्दा माओवादीले बढीमा ८ सीट र नेकपा एकीकृत समाजवादीले एक र मधेसवादी दलहरुले १५/१६ सीट जित्नसक्ने रिपोटका वीच कांग्रेसको यो हतारोले उसलाई गठबन्धनको आवश्यक कति छ प्रष्ट पारेको छ । यसै सन्दर्भमा योहो टेलिभिजनको सत्य संवाद कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालासँग गरिएको अन्तर्वार्ता :