Breaking

गोदावरी र काठमाडौँका केही स्थानमा भारी वर्षा


काठमाडौँ – देशका विभिन्न भू–भागमा भारी वर्षा भइरहेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार गोदावरी र काठमाडौँ उपत्यकाको केही स्थानमा भारी वर्षा भइरहेको छ । 

गोदावरी खोला, हुनुमन्तेलगायत नदीमा आकस्मिक बाढीको सम्भावना रहेको छ ।

खोलाको पानी किनारको बस्ती र सडकसम्म आउन सक्ने भएकाले बिहान ९ बजेसम्म तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।