Breaking

सगरमाथा जलविद्युतको ५५ लाख कित्ता आईपीओ आउँदै


काठमाडौँ – नागरिक लगानी कोषले सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको साधारण सेयर प्रत्याभूति गर्ने भएको छ । 

सेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र  सगरमाथा जलविद्युतको तर्फबाट डा.भूषण गुरागाईंले हस्ताक्षर गरेका हुन् । 

सगरमाथा जलविद्युत्को ५४ लाख ८८ हजार कित्ता साधारण सेयरमा १ सय रुपैयाँ अंकित दरले हुन आउने ५४ करोड ८८ लाख रुपैयाँको सेयर कोषले प्रत्याभूति गर्ने कोषले जनाएको छ ।