काठमाडौँ — आजराति देखिमहिला युरोपियनच्याम्पियनसिपको क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछ । अन्तिम आठको पहिलो खेलमाआयोजक राष्ट्र इंग्ल्याण्डले स्पेनको सामनागर्दै छ ।
महिला युरोकप २०२२ को क्वाटरफाइनल खेल बुधबार रातिबाट सुरु हुँदै छ ।पहिलो खेलमाआजब्राइटनको एमेक्स स्टेडियममाआयोजक राष्ट्र इंग्ल्यान्ड र स्पेन भिड्दै छन् ।
यीदुईको खेल नेपाली समयअनुसार १२ः४५ माहुनेछ । आजको विजेताले नै फाइनलको टिकट पक्कागर्न सक्ने फुटबल पण्डितहरुको विश्लेषण छ । किनभने यीदुई राष्ट्र नै प्रतियोगितामाउपाधिको सबैभन्दा ठूलो दावेदार हुन् । समूह चरणमा सनसनीपूर्ण प्रदर्शन गरेको इङ्ल्यान्डले निक्कै रवाफका साथ क्वार्टरफाइनलको यात्रातय गरेको छ ।
सरिना वेगमनले गतसेप्टेम्बरमाप्रशिक्षकको भूमिका सम्हालेसँगै इंग्ल्यान्ड पछिल्ला १७ खेलमाअपराजित छ । आठौं वरीयताको इंग्ल्यान्डले समूह चरणको तीन खेल पनि सहजै हातपार्न सफलभएको थियो । समूह चरणमा एक गोल नखाई १४ गोल गरेको इंग्ल्याण्डलाई यसको हौसला त मिल्छ नै साथै दर्शकोको उपस्थितिले पनिआत्मविश्वास बढ्ने छ ।
घरेलु टोलीले यसै मैदानमानर्वेमाथि ८–० को फराकिलो जितनिकालेको थियो । तर बुधबार एमेक्समाभने टोलीको चुनौती फरक हुनेछ ।फिफा वरीयतामायीदुईबीचएक स्थानको मात्रअन्तर छ । स्पेनी टिममा युरोपेलीच्याम्पियन्स लिगविजेता खेलाडीको बाहुल्यता छ।यद्यपि, स्पेन यस प्रतियोगितमा केहीअभागीपनि सावितभएको छ । समूह चरणमा जर्मनीबाट हार व्योहोरेको स्पेन सङ्घर्षरत छ ।
बालेन डी अर विजेताएलेक्सिया पुटेलास र सर्वकालिनउच्चगोलकर्ता जेनिफर हेर्मोसोचोटका कारण मैदानबाहिर छन् । महत्वपूर्ण खेलमा स्पेनलाई यीदुई खेलाडीको अनुपस्थितिपक्कै खड्किने छ ।
यता,लगातार चौथो पल्ट ठूला प्रतियोगिताको सेमिफाइनलप्रवेशको दाउमारहेको इंग्ल्यान्डलाई पनिप्रशिक्षक वेगमनको स्वास्थ्यअवस्थाले भने केहीधक्कादिन सक्छ ।
कोरोनाबाट संक्रमित वेगमनउत्तरी आयरल्यान्डविरुद्धको अन्तिमलिग खेलदेखि नै मैदानबाहिर छिन् । यद्यपिसेमिफाइनलप्रवेशकालागिदुवै टिमबीच बराबरीको रोमाञ्चक टक्कर चल्ने निश्चित छ ।आक्रामक शैलीअपनाउने इंग्याल्याण्ड र बलमाथि नियन्त्रण राखेर खेल्ने स्पेनबीचको खेलले सबैको ध्यानतान्ने छ ।
तुलनात्मक रुपमा पुरुषको दाँजोमाकमचासो रहने गरेको महिला फुटबल इतिहासमै सफलहुने क्रममा छ ।
अहिलेसम्ममहिला युरोपियनच्याम्पियनसिपको इतिहासमै यो प्रतियोगिताले सबभन्दा धेरै दर्शक उपस्थितीको कीर्तिमानबनाईसकेको छ । यति धेरै उत्साहका साथप्रतियोगिताअघि बढिरहँदाअन्त्यसम्ममायसको नाफाले नयाँउचाई हासिलगर्नेमाआयोजनकउत्साहित छ ।
प्रतिक्रिया