Breaking

भारतमा द्रोपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित हुने निश्चित, घोषणा अघिनै बधाईको ओइरो


काठमाडौँ — भारतमा राष्ट्रपतिय चुनावी परिणाम भोलि आउँदैछ । सत्तारुढ दल भाजपाको तर्फबाट उम्मेद्वार बनेकी द्रोपदी मुर्मूको जित लगभग निश्चित बनेको छ । उनलाईचुनावी परिणाम अघि नै बधाईको आईरो लागेको छ । आखिर को हुन त द्रोपदी मुर्मू ? गएको सोमवार भारतमा भएको राष्ट्रपतीय चुनावी परिणाम अबको केही घण्टामै आउँदैछ ।

भावी राष्ट्रपतिलाई स्वागत गर्न भारतीय जनता निकै आतुर देखिन्छन् । पाँचवर्षपछि भएको निर्वाचनमा नयाँ राष्ट्रपतिमा सत्तारुढ दल भाजपाकी उम्मेद्वार द्रोपदी मुम विजयी बन्ने लगभग निश्चित छ ।त्यसैकारण चुनावी परिणाम अघिनै उनलाई देशी विदेशी जनताले बधाई दिदै खुशी साटीरहेका छन् । भाजपाद्वारा राष्ट्रपतीय निर्वाचनका लागि उम्मेद्वार बनेकी आदिवासी राजनीतिज्ञ द्रौपदी देशको सर्वोच्च पदमा पुग्ने प्रथम आदिवासी नेत्री बन्नेछिन् ।

चौसट्ठी वर्षीया पूर्वशिक्षिका समेत रहेकी मुर्मू उडिसा राज्यकी हुन्भने उनी दुई दशकदेखि भारतीय जनता पार्टी (भाजपा) सँग आबद्ध छिन्।गत राष्ट्रपतीय निर्वाचनअघि नै उनलाई उम्मेद्वार बनाउनेबारे भाजपा सकारात्मक भएपछि मुर्मू सन् २०१७यता चर्चामा आएकी थिईन ।त्यस बेला उनी झारखण्ड राज्यको गभर्नरका रूपमा कार्यरत थिइन् ।

उनको जन्म १९५८ को जुन २० मा मयूरभञ्ज जिल्लाको बैदापोसी गाउँमा भएको थियो। उनी सन्थाल आदिवासी समुदायकी हुन् । उक्त समुदाय भारतको सबैभन्दा पुरानो र ठूलो आदिवासी समूहमा पर्दछ । मध्यम वर्गमा हुर्किएकी मुर्मूले उडिसा सरकारको सामान्य कर्मचारीका रूपमा काम थालेकी थिइन् । उनले सन् १९७९–१९८३ मा सिँचाइ तथा ऊर्जा विभागमा कनिष्ठ सहायक बनेर काम गरिन । उनको राजनीतिक यात्रा भने सन् १९९७ मा सुरु भएको हो ।

त्यतिबेला उनी स्थानीय निर्वाचनमा स्थानीय परिषद् सदस्य चुनिएकी थिइन्।भाजपाबाट उनी राज्यसभामा सन् २००० र सन् २००९ मा गरेर दुई पटक रायरङ्गपुरबाट निर्वाचित भइन्। आफ्नो कार्यकालमा राम्रो काम गरेर चर्चा बटुलेकी मुर्मू सन् २००० देखि २००४ सम्म उडिसा राज्यको गठबन्धन सरकारमा मन्त्री समेत बनिन् । भारतमा राष्ट्रपति पद कार्यकारी नभएतापनि एक सर्वोच्च र सम्मानीत पद हो । यस अघि सन २००७ मा भारतीय राष्ट्रिय काँग्रेस पार्टीकी प्रतिमा पाटीले पहिलो महिला राष्ट्रपति बनेकी थिइन ।

अब भाजपाकी द्रोपदी मुर्मू भावी राष्ट्रपति बन्ने लगभग निश्चित भएसँगै उनी दोस्रो महिला राष्ट्रपति महिला बन्नेछिन् । यद्दपी सर्वोच्च पदमा पुग्ने प्रथम आदिवासी नेत्री बन्नेछिन । भाजपाले राष्ट्रपति पदको उम्मेदवारका रूपमा नाम घोषणा गरेपछि मुर्मूले आफू अचम्भीत भएको बताएकी थिइन । त्यसोत भारतको संविधानले आदिवासी समुदायलाई सामाजिक र आर्थिक अवसरबाटवञ्चित गरेको आरोप लाग्दै आएको छ ।

यो समुदाय देशकै कमजोर समुदाय मानिन्छ । भाजपाले तिनै कमजोर ठानीएको समूदायलाई सर्वोच्च पदमा अघि सारेर लोकतन्त्रको सुन्दर पक्ष सतहमा ल्याएको छ ।