काठमाडौँ — श्रीलङ्कामा सांसदहरूले प्रधानमन्त्री रनिल विक्रमसिङ्घलाई आममानिसमाझ रहेको उनको अलोकप्रियताबीच देशको नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित गरेका छन् । विक्रमसिङ्घसामु टाट पल्टिएको देशलाई सहज अवस्थासम्म पुर्याउने र महिनौँको विरोध प्रदर्शनपछि बिग्रिएको सार्वजनिक सुव्यवस्था पुनर्स्थापित गर्ने जिम्मेवारी छ ।
उनले बुधवार संसद्मा भएको मतदानमा प्रमुख प्रतिपक्षी दलले समर्थन गरेका डल्लस अलाहपेरुमलाई पराजित गरेका हुन् । गोटाबय राजपक्षको सरकारबाट राजीनामा दिएका अलाहपेरुम श्रीलङ्काको सत्तारूढ दलका वरिष्ठ सांसद पनि हुन् ।


प्रतिक्रिया