काठमाडौँ — नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा फुटाउन केपी शर्मा ओलीको हात रहेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रमु लाई सम्बोधन गर्दै नेपालले नेकपालाई ओलीले एकलौटी रूपमा कम्पनीझैं गरी चलाउन खोजेपछि आफूहरू एकठाउँमा बस्न नसकेको बताएका हुन् ।
नेकपाका तत्कालीन अध्यक्ष ओलीप्रति लक्षित गर्दै नेपालले भने, सरकारमा पनि आफ्नो आदेश पालना गर्नेलाई मात्र मन्त्री बनाउने काम भयो । बहुमत पुग्दैन कि भनेर पार्टीको बैठक नै बोलाइएन त्यस्तै नेपालले दुई(दुई पटक प्रतिनिधिसभा विघटन हुँदा पार्टी र देशलाई नै नोक्सान पुगेको पनि बताए । संसद् नै भंग गरेर जबर्जस्ती देशलाई चुनावमा होम्न खोजियो ।
राज्यका निकायहरूलाई दुरुपयोग गरी चुनाव जित्ने प्रपञ्च रचियो । लोकतन्त्र र संविधान बचाउनका लागि हजारौँ नागरिक सडकमा उत्रिए । सर्वोच्चको फैसलापछि दोस्रो पटक पनि संसद् विघटन भयो,नेपालले भने ।
त्यस्तै अध्यक्ष ओलीले आफ्ना यसम्यानु बटुलेर विधान संशोधन गरेको समेत नेपालको भनाइ थियो । ओलीले यसम्यानहरूलाई सामेल गरेर एकलौटी विधान संशोधन गर्नुभयो । एकलौटी कारबाही गरेपछि हामीलाई तथास्तुु रुआममाफीु भयो भन्ने काम भयो ।
त्यसपछि कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टी रहेन त्यसमा राजामहाराजाहरूको गन्ध देखिन थाल्यो । नेकपा फुटाउन ओलीले नै भूमिका खेल्नुभयो, उनले भने ।


प्रतिक्रिया