समाचार

त्रि.वि.शिक्षण अस्पतालले माग्यो एमडीमा आवेदन


काठमाडौँ — त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जले एमडीमा दरखास्त आह्वान गरेको छ । करार सेवामा पदपूर्तिका लागि अस्पतालले आवेदन आह्वान गरेको हो ।

प्रसूति तथा स्त्री रोग विभागका लागि अस्पतालले आवेदन आह्वान गरेको हो । योग्यता पुगेका पुरुषको हकमा ४० र महिलाको हकमा ४५ वर्ष उमेर ननाघेका इच्छुक नेपाली नागरिकले साउन १० गतेसम्म आवेदन दिनसक्ने जनाइएको छ ।