देश

शेर्पा संरक्षण समाज नेपालद्वारा आगोलागि पिंडित परिवारलाई आर्थिक सहयोग


काठमाडौँ — शेर्पा संरक्षण समाज नेपालद्वारा आगोलागि पिंडित परिवारलाई आर्थिक सहयोग गरेको संस्थाका महासचिव मिङमा शेर्पाले जानकारी दिएका छन् । ताप्लेजुङको मेरिङदेन २ सान्थाक्रामा आगलागी हुँदा १,५९,६०,४०० बराबरको क्षति भएको थियो ।

श्रावण २ गते बिहान करिब २ः४५ बजे मेरिङदेन गाउँपालिका वडा नं: २ सान्थाक्राको खाम्साक्पा स्थित रेजुङ शेर्पाको १७ जनाको परिवार रहेको घरमा बिधुतीय तारमा आएको समस्या लाईन सर्ट भई उत्पन्न भएको आगोले ३ तले घर र मतान सहित ५ वटा घर पूर्णरुपमा क्षति भएको थियो ।

यसै घरमा कार्यालय स्थापना गरेर रहेको नेपाल शेर्पा संघ मेरिङदेन गाउँपालिकाको कार्यालय, नेपाल शेर्पा संघ वडा नं: २ को कार्यालय, खाम्साक्पा सेवा समाजको कार्यालय, ञ्युङने समितिको सामग्री, ३ वटा गोन्पाको काङ्गुर तेन्ग्युर सामग्री, गरगहना लगायत अन्य सामान जलेर नस्ट भएको थियो ।

पिंडित परिवारलाई शेर्पा संरक्षण समाज नेपाल सस्थाको तर्फबाट अध्यक्ष साङ्गे शेर्पाको उपस्थितिमा राहत स्वरुप ५० हजार सहयोग हस्तान्तण गरिएको शेर्पा सम्रक्षण समाज नेपालका महासचिव शेर्पाले जानकारी दिए ।