देश

नेपहपको विजेतालाई नयाँ मुकुट


काठमाडौँ — र्‍याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’का विजेतालाई श्रीपेच मुकुट प्रदान गरिएको छ ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा शोका विजेता साइमन विष्ट भाइबर साइमनलाई जज समेत रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले पञ्चधातुबाट बनाइएको श्रीपेच पहिराएका हुन् ।

यसअघि ग्राण्ड फिनालेकै दिन प्रदान गरिएको श्रीपेच विवादमा परेपछि नयाँ निर्माण गरेर विजेतालाई प्रदान गरिएको हो । यसअघिको मुकुटप्रति बौद्ध धर्मगुरुहरुले आपत्ति जनाएपछि फिर्ता गरिएको थियो ।