काठमाडौँ – काठमाडौँमा आजदेखि कोभिड–१९ विरुद्धको ‘बुस्टर डोज’ खोप दिइँदै छ । सरकारले तीन दिने अभियानक रूपमा काठमाडौंमा बुस्टर डोज खोप दिन सुरु गरेको हो ।
अभियानअन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई नगरपालिकाका स्वास्थ्य केन्द्रबाट खोप उपलब्ध गराइने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।
दोस्रो मात्रा लगाएको तीन महिना पुगेका व्यक्तिले बुस्टर डोज खोप लगाउन सक्नेछन् । यो खोप अभियान आउँदो शुक्रबारसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया