राजनीति

लोक सेवाको परीक्षा लाइभ गरौं : हर्क साम्पाङ


काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोक सेवा आयोगको परीक्षा र अन्तर्वार्ताको पनि प्रत्यक्ष प्रसारण हुनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा मंगलबार बिहान उनले परीक्षा र अन्तर्वार्ता लाइभ नगरे विश्वास नहुने बताएका छन् ।

‘लोक सेवा आयोगको परीक्षा र अन्तर्वार्ता पनि लाइभ हुनुपर्छ। नत्र विश्वास नहुने देखिन्छु, उनले लेखेका छन् ।