समाचार

चलचित्र विकास बोर्डको अध्यक्ष बन्न १० जनाले दिए उम्मेदवारी


काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्षका प्रत्यासीको नाम सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको सूचीमा १० जनाको नाम छ ।

मन्त्रालयले सूचना जारी गर्दै भुवन केसीसहितका उम्मेदवारको सूची औपचारिक रूपमा सार्वजनिक गरेको हो । मन्त्रालयले उम्मेदवारको नाम सार्वजनिक गरे पनि अन्र्तवार्ताको मिति, समय र स्थान भने तोकिएको छैन ।

भुवन केसीको आवेदन परेसँगै शैक्षिक योग्यताका कारण उनको उम्मेदवारी अस्वीकृत हुने अनुमान गरिएको थियो । तर उनको नाम पनि उम्मेदवार बन्ने सूचीमा सार्वजनिक भएको छ ।

भुवनसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौड्याल, निर्मलराज ढकाल, भुवन केसी, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम सार्वजनिक भएको छ ।