Breaking

मिर्गौला बेच ५ लाख कमाउ भन्दै बच्चा भारत लैजाने धन्दा, प्रहरीले समात्यो डरलाग्दो गिरोह (भिडियोसहित)


काठमाडौँ – नेपालबाट छिमेकी मुलुक भारतमा मिर्गौला तस्करी भएको घटना यो पहिलो हैन । हाल सार्वजनिक भएको घटना शहर केन्द्रित भएपनि यस्ता तस्कर गाउँ गाउँमा छन् । जसले विभिन्न प्रलोभन देखाएर गाउँघरका महिला पुरुषलाई भारत पुर्याइ २/४ लाख रुपैयाँ गोजीमा हाल्दिएर आफ्नो काम फत्ते गर्ने गरेका छन् । तस्करहरुले नयाँ नयाँ तरिका अपनाएर आफ्नो धन्दा चलाईरहेका छन् ।

गरिवीले थिचिएर आर्थिक अवस्था कमजोर भएकाहरु यस्ता गिरोहको शिकार हुने गरेको अनुसंन्धानबाट खुलेको छ । नेपालमा समयमा मिर्गौला फेर्न नपाएर डाइलेसिसको भरमा जीनव धानिरहेका हरुको जमात पनि ठूलै छ ।

उमेरले २१ देखि ३२ वर्षका छन् । तर यीनीहरुको गोरख धन्दा सुन्दा जो कोहीको आङसिरीङ्ग हुन्छ । तपाई हामीले बन्यजन्तुको अंग तस्करी भएको त सुनैको छौ तर यी पाँचजना भुस तिघ्रेहरु मान्छेकै शरिरको अंग, मिर्गौला बेच्छन् त्यो पनि भारत पुर्याएर । सुन्दा अनौठौ लाग्न सक्छ तर यीनीहरुको यो धन्दा भारतमा विशाल रुपमा झाँगिएको छ ।

काठमाडौँको सकड पेटीमा बसोबास गर्ने बालबालिकाहरुलाई भारत पुर्याएर यिनीहरुले मोटो रकम लिई मिर्गौला बेच्ने गरेको भेद खुलेको छ । यो कुकर्ममा रामेछाप देखि झापासम्मका पाँच युवा समिलित छन् । बालबालिकालाई भारतको कलकत्ता गई मिर्गौला बिक्री गर्न प्रलोभनमा पार्ने गिरोहका पाँच जना अहिले प्रहरी कस्टडीमा छन् ।

पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका–५ घरभई भक्तपुर मध्यपुर थिमि–५ बस्ने २८ वर्षीय विधान, हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मी तम्घास नगरपालिका–२ घर भई काठमाडौं गौशाला बस्ने ३१ वर्षीय विजय कुँवर, दैलेख चामुण्डा विन्द्रासयनी नगरपालिका–६ घर भई कालोपुल बस्ने २८ वर्षीय धुपेन्द्र शाही, चावहिल बस्ने ३२ वर्षीय विमलबहादुर शाही र झापा पृथ्वीनगर नगरपालिका–१ घर भई मध्यपुर थिमि–५ बस्ने २१ वर्षीय छोटे भन्ने आशिष तामाङ छन् ।

काठमाडौँको गल्लीगल्लीमा रहेका बालबालिकालाई प्रलोभनमा पारेर मिर्गौला तस्करी गर्दै आएको यो गिरोहले जिम्मेवारी तोकेरै काम बाडफाड गरेको छ । गिरोहका पाँच मध्ये दुई जनाले यस अघिनै आफैले मृगौला बिक्रि गरेका छन् । आफैले मिगौला बेच्दाको घाउको खत देखाएर तस्करहरुले अहिले बालबालिकाहरुलाई एउटा मृर्गौला बेच्दा केही नहुने र पाँच लाखसहित ५० हजार बराबरको मोवाइल पाउने भन्दै प्रलोभन देखाउने गरेको रहस्य खुलेको छ ।

गिरोहले आफ्नो गोरख धन्दा चलाउन पाँचैजना काम बाडफाँड गरेर लागेको देखिन्छ । यी पाँच मध्ये धनबहादुर नाइके हुन् । उनैले मिर्गौला लिनेसँग मिर्गौला प्रत्यारोपणका लागि मोलमलाइ गर्ने; मिर्गौला लिने व्यक्तिको आवश्यकताअनुसारको मिर्गौला दाता खोज्नका लागि आफ्ना सहयोगीलाई परिचालन गर्ने गरेको पाइएको छ । धनबहादुरको जिम्मेवारी यतिमा मात्रै सिमित छैन। मिर्गौलादाता खोज्ने क्रममा सहयोग गर्ने सहयोगीलाई भूमिकाअनुसार उनैले पैसासमेत बाड्नेगर्थे रे । पैसा बाड्ने देखि पीडितलाई भारतमा लैजाने र मिर्गौला प्रत्यारोपणको काम सकिएपछि नेपाल फिर्ता ल्याउने सम्मको काम उनै धनबहादुरको थियो ।

प्रहरीको अनुसंन्धानबाट धनबहादुरकै निर्देशन बमोजिक सडकपेटीमा रहेका बालबालिकालाई पाँचलाख र ५० हजार बराबरको मोवाइलको अफर लिएर धुपेन्द्र, विमल र आशीष सडकमा जाने गरेका थिए । मानव भएर पैसाको लागि दानवी व्यवहार देखाएको यो गिरोहले दुईसय भन्दा बढि मिर्गौला भारत तस्करी गरेको खुलेको छ । मानव अंगको तस्करी गर्ने यी भाडाका तस्करहरुले एउटा नेपालीको किड्नी भारत पुर्याएर बेच्दा ३ लाख सम्म कमिसन लिने गरेकाछन् ।

गिरोहका पाँच मध्ये नाइके धनबहादुर र विमलले आफ्नो एउटा मिर्गौला यसअघिनै भारतमा बेचिसकेको छन् । आफ्नै मिगौला बेचेर अरुको शरिरमाथि खेल्न थालेको यो गिरोहले आफ्नो शरिरको खत देखाउदै अरुलाई भुल्याउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । आफ्नो शरिरको खतलाई अस्त्र बनाएर त्यही घाउको चोट देखाएर बालबालिकालाई प्रलोभनमा पारेको गिरोहले असार १५ गते दुईजनालाई कोलकता लैजाने तयारी गर्दै थियो । अर्काको शरिरसँग खेलेर कति दिन मोज गर्न सक्थे र आखिर मानव अंग तस्करमा सक्रिय गिरोह प्रहरीको फन्दामा परी छाड्यो ।