Breaking

सफल होला त काँग्रेसको चुनावी राणनीति ? (भिडियोसहित)

एमालेविरुद्ध एक भएर जाने सत्ता गठन्धनको तयारी


काठमाडौँ — संसदीय निर्वाचन नजिकिदै गर्दा दलहरु सम्भावित राजनीतिक समिकरणको खोजीमा लागेका छन । कम्युनिष्ट गठबन्धन कि वामलोकतान्त्रिक गठबन्धन भन्ने दुई विकल्प बारे बहस सुरु भएको हो । जसमा दलहरुको मात्र नभई बाह्य शक्तीको समेत चासो बढेको छ ।

आगामी संसदीय निर्वाचनमा वामलोकतान्त्रिक गठबन्धन कि वाम गठबन्धन भन्ने वहस सुरु भएको छ । सत्ता गठबन्धनमै रहेका दलहरु समेत सम्भावित समिकरणको गृहकार्यमा लागि परेका छन भने नयाँ गठबन्धन एमालेका लागि त अत्यावश्यक नै बनेको छ । वर्तमान गठबन्धन कायम रहे स्थानीय तहको अवस्था भोग्नुपर्ने डर एमालेमा देखिएको छ । यस्तै कांग्रेसलाई दवाव दिन वा पेलिनबाट जोगिन समेत नयाँ समिकरणको खोजी आवश्यक रहेको महसुस गठबन्धनकै अन्य दलहरुले गरेका छन् ।

जसका लागि वाह्य शक्तीको समेत सक्रियता बढेको छ । वर्तमान सरकारको पश्चिमा ढल्काई र आगामी निर्वाचनमा कम्युनिष्ट प्रयोग गरेर वहुमत ल्याउने कांग्रेसको तयारीतर्फ चीन सचेत बनेको छ । फलत ः वाम एकताका लागि वातावरण बनाउन उसको सक्रियता बढेको छ । तर कम्युनिष्ट भनिएकाहरुमा भने कस्तो वामएकता भन्ने विषयमा प्रष्ट विचार देखिएको छैन । स्वयम माओवादीभित्र भए एमाले अध्यक्ष केपी शर्मा ओली सहितको नभए एमाले बाहेक अन्यबीच वाम एकताको तयारी चलिरहेको छ । नारायणकाजी श्रेष्ठ लगायतका नेता भने पुरानो नेकपा ब्युताउने पक्षमा देखिएका छन । तर उनको आह्वानमाकठोर जवाफ दिँदै ओलीले कांग्रेसको पुच्छर छोडेर आउन भनेपछि अन्योलता बढेको छ ।