Breaking

भारतीय डाक्टरले दिए पाकिस्तानी किशोरीलाई ‘नयाँ जीवन’


काठमाडौँ – पाकिस्तानी किशोरी अफसिन गुलले लामो समयदेखि घाँटी बाङ्गो हुने समस्या भोग्दै आएकी थिइन् ।

भारतका एकजना डाक्टरले उनलाई सो समस्याबाट मुक्त गरेर नयाँ जीवन प्रदान गरेका छन् । 

बीबीसी उर्दुका पत्रकार रियाज सोहेलले ती किशोरीको ज्यान जोगाउने उपचारका लागि गरिएको दिल्ली यात्राबारे समाचार तयार पारेका छन् ।

अधिकांश बालबालिका विद्यालयका सहपाठी र छिमेकी दौँतरीहरूसँग दौडँदै र खेल्दै हुर्कन्छन् । सम्भवत कहिलेकाही उनीहरू आफ्ना प्यारा खेलौना र घरपालुवा जनावरसँग पनि खेल्लान् ।

तर, पाकिस्तानको सिन्ध प्रान्त निवासी १३ वर्षीया किशोरी अफसिन गुलको जीवन भने अरुको भन्दा पृथक रह्यो ।

परिवारमा सात सन्तानमध्ये सबैभन्दा कान्छी उनी कहिल्यै विद्यालय गइनन्, साथीहरूसँग खेलेको अनुभव पनि उनीसँग छैन । 

दश महिने उमेरमा आफ्नी दिदीको हातबाट खसेदेखि उनको घाँटी नब्बे डिग्री कोणमा बाङ्गिन पुगेको थियो । उनका मातापिताले उनलाई डाक्टर कहाँ लगे । डाक्टरले केही औषधि लेखिदिए । घाँटीलाई सहारा दिन एउटा पेटी पनि राखिदिए । तर, उनको अवस्था झनै खराब हुँदै गयो ।

अफसिनकी आमा जमिलान विवीले पुराना दिन यसरी सम्झिइन्, “उनी खान, हिँड्न र बोल्न सक्दैनथे । जमिनमा पल्टेर बस्थिन् । हामी उनलाई चाहिएको सबै मद्दत गथ्र्यौँ ।”

सेरेव्रल पल्सिबाट पनि पीडित उनले छ वर्षको उमेरमा हिँड्न र आठ वर्ष पुग्दा बोल्न सिकेकी थिइन् । १२ वर्षसम्म उनको जीवन कराँची सहरदेखि झण्डै ३ सय किमी टाढाको मिठी सहरस्थित आफ्नो घरभित्रै सीमित रह्यो । तर, गत मार्चमा एजना भारतीय डाक्टरले दिल्लीमा उनको बाङ्गो घाँटीको सफल शल्यक्रिया गरी उनको जीवनमा अमूल्य खुशी दिएका छन् ।

दिल्लीस्थित एपोलो हस्पिटलका मेरुदण्डको जटिल शल्यक्रिया सम्बन्धी विशेषज्ञ डा। राजागोपालन कृष्णनले उनको निःशुल्क उपचार गरिदिएका हुन् ।

महिनौँपछि अफसिन अन्नतः आफैं हिँड्न, खान र बोल्न सक्षम भएकी छन् । शल्यिक्रिया बेलाको उनको घाउ निको भइसकेको छ । डा. कृष्णनले प्रत्येक साता स्काइपमार्फत उनको स्वास्थ्य जाँच्ने गरेका छन् ।

अफसिनका दाजु याकूव कुम्वर भन्छन्, “उनी अलि कमजोर छिन् । अझै सम्म पनि विद्यालय जान सकेकी छैनन् । तर, डाक्टरले समयसँगै सबै ठिक हुन्छ भनेका छन् । डाक्टरले हाम्रा बहिनीलाई बचाइदिएकोमा हामी निकै खुशी छौँ । हाम्रा लागि डाक्टर देवदूत नै हो ।”

डा। कृष्णन भन्छन्, “अफसिन एटलान्टो–एक्जिल रोटटरी डिस्लोकेसनबाट पीडित छिन् । यसले घाँटीलाई चोट पु¥याउने गर्दछ । सम्भवत यो विश्वकै पहिलो घटना हो ।”

सन् २०१७ मा एउटा न्युज वेबसाइटमा अफसिनको बारेमा लेख सार्वजनिक भएपछि उनको अवस्थाबारे विश्वको ध्यान आकर्षण भएको हो ।

बीबीसीबाट ।