Breaking

आजदेखि ३ दिन देशभर वर्षाको सम्भावना




काठमाडौँ – आजदेखि तीन दिन अर्थात् बिहीबारसम्म देशभर वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकाले तीन दिन देशभरि वर्षा हुने सम्भावना देखिएको हो । 

अहिले (मंगलबार बिहान ६ बजेर ६ मिनेट जाँदा) पनि प्रदेश नम्बर १, सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको उनले जानकारी दिइन् ।