Breaking

सत्ता समीकरणमा छिमेकीको चासो,प्रचण्डमार्फत भारतले दियो यस्तो दवाव


काठमाडौैँ — मुलुक संसदीय निर्वाचनको पूर्व सन्ध्यामा छ ।सत्ता र शतिm सन्तुलनको चाँजोपाँजो मिलाउन नेताहरु खुलेआम शतिmकेन्द्र धाउन थालिसकेका छन । केछिमेकी मुलुकहरुपनि आफु अनुकुल सत्ताको नेतृत्वको खोजीमा जुटेका हुन् त ? उत्तरी छिमेकी चीनको उच्च प्रतिनिधि मण्डल फर्के लगत्तै सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दिल्ली दौडले नेपालको राजनीति तरंगीत बनाएको छ ।

दुईपक्षीय औपचारिक तथा अनौपचारिक कुटनीतिक भ्रमण र भेटघाटलाई संधै शतिm र सत्ता चलखेलको नजरबाट मात्र हेर्न पनि उचित पक्कै नहोला । तर नेपालको सत्ता समिकरणमा प्रचण्ड नै निर्णायक मानिन्छ । प्रचण्ड जता ढल्क्यो उसकै सत्ता सुनिश्चित प्राय छ । यसको जोड घटाउ छिमेक मुलुकहरुले खुलेआम गर्न थालेका छन । उदाहरण चिनिया कम्युनिष्ट पार्टी सीसीपीका विदेश विभाग प्रमुख लिउ जियानचाआको घरदैलो सके लगत्तै प्रचण्डको दिल्ली भ्रमणलाई लिन सकिन्छ ।

संसदीय निर्वाचनको पुर्वसन्ध्यामा आफु अनुकुल नेता सत्तामा पुगोस् भन्ने छिमेकी राष्ट्रहरुले चाहने गरेको विगत छर्लङग छ । तर नेतहरु राष्ट्र र राष्ट्रियताभन्दा पर कुनै छलफल नभएको दाबी गर्न पछि पर्दैनन् । प्रचण्डको दिल्ली यात्रा राजनीतिक भेटघाट, इपिजि प्रतिवेदन, ११५० को सन्धी पुर्नअवलोकन जस्ता विषयका उठानका कारण पनि चर्चामा थियो । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय अभावका कारण भेट नदिएपछि एकाएक प्रचण्ड निराश बनेर नेपाल फर्किन बाध्य भए । यसले प्रचण्डको भ्रमण तयारी विना भएको प्रष्ट हुने परराष्ट्र मामिलाका जानकारहरु बताउँछन् ।

हुन पनि पार्टीको हैसियतमा दिल्ली गएका प्रचण्डले दुई पक्षीय कुटनीतिक सम्बन्धका सवालमा विषय उठान त गरे तर यसको प्रभावकारीता बारे प्रचण्ड आफै विश्वस्थ हुने वातावरण छैन । नेपालका नेताहरुसँग मौखिक रुपमा सहमति हुने र त्यसले लिखित रुप लिन नसक्ने प्रवृत्तिका कारण नेपाल भारतबीच विद्यमान समस्याले कुनै निकास पाउन सकेका छैनन् ।