काठमाडौँ — नेपाली राजनीतिमा वाह्य शक्तीको प्रभाव रहने कुरा कसैबाट छुपेको छैन । तर आफू सत्तामा जाँदा यसैलाई प्रयोग गर्नेहरु नै सरकार ढलेपछि भनेआफू राष्ट्रवादी भएकोले विदेशीले चलखेल गरेको बताउने गरेका छन । अर्थात उनीहरुको वोलीमा देखिएको यहि दोधारे पनले विदेशी शक्ती सवै दलको कदम निर्धारण गर्ने तत्व भएको प्रष्ट भएको छ । त्यसो वाह्य शक्तीको चलखेल बढ्नुमा दोषी को त ?
दुई दुई पटक संसद विघटन पश्चात पनि अदालतको परमादेशका कारण आफ्नो सरकार ढलेपछि केपी शर्मा ओलीले बारम्बार दोहोर्याउने शब्द हो –वाह्य शक्ती ।
उनको विचारमा आफ्नो सरकारले नेपाल र नेपालीको हितमा राष्ट्रवादी भएर काम गरेकै कारण विदेशी शक्तीले उनीमाथि अस्त्र प्रहार गर्यो । जसका कारण उनि सत्ताबाट ओरालिए । देशमा विकासको मुल फुटाएकै कारण विदेशी शक्तीले माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड लाई प्रयोग गर्यो भने, उनीहरुले विपक्षी पार्टी कांग्रेसलाई किस्तीमा सरकार बुझाए । अर्थात उनको भाषामा नेपाल र प्रचण्ड वाहिरी शक्तीका गोटी भए भने देउवा पनि त्यसमा मिसिए अनि बन्यो परमादेशी सरकार । जसले विदेशीलाई कम्फर्टेवल हुने गरी काम गरिरहेको छ ।
तर उनले आफैले रअका सामन्त गोयललाई मध्यरातमा भेटेको विर्सिए भने आफैले पास गरेको चुच्चे नक्सा कितावमा नछापेको त झन के सम्झिन्थे । अझ वाह्य शक्तीको चलखेलको रटान र अरुलाई परिचालित गोटी देख्नेहरुमा आएको परिवर्तन यो प्रसङमा अझ गज्जब देखिन्छ । अहिले पनि सत्तामै रहेको दल जसपामा अध्यक्ष उपेन्द्र यादवको पछिल्लो अभिव्यक्ती यस्तै देखिएको छ । ओली सरकारलाई प्रतिगमनकारीको संज्ञा दिएर आन्दोलमा साथ दिएको र आफै सत्तामा पुगेका जसपाका अध्यक्ष यादवले अहिले ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउने काममा विदेशीको साथ रहेको दाबी गरेका छन् ।
अध्यक्ष यादवले राजनीतिक अस्थिरताको मूल कारण आन्तरिक भएपनि नेपालमा भने बाह्य प्रभाव पनि सँगै जोडिएर आउने गरेको बताए । तर उनीमाथि पनि प्रश्न उठ्छ कि यदि ओली सरकार विदेशीले ढलाएको भए किन उनी त्यतिवेला ओली विरुद्ध नै देखिए ? अहिले पार्टी फुटेपछि एमालेसंग नजिकिने आवश्यकता भयो भन्दैमा आफ्नै वोली फेरिदाँ दलाल भन्ने नै दलाल भएको प्रमाणित भएन र ?यसरी एकले अर्कालाई नग्याउदा सबै नाङिए पनि विदेशी शक्तीकै चलखेल आधारमा नेपालको राजनीति चल्ने कुराअझै पनि नेताहरु स्वीकार्दैनन. ।
यता परराष्ट्र मामलाका जानकारहरु पनि वाहय शक्तीको त्रास देखाउने त्यसैमा राष्ट्रवादी बन्ने र सत्तामा पुग्ने पछिल्लो समय नेपाली राजनीतिको प्रवृत्ती बनेको बताउछन । तर सत्तामा पुगेपछि उनीहरु नै ती शक्तीको ईशारामा चल्नुले यो आरोप पानीमाथिको ओभानो बन्नु उपाय मात्र भएको उनीहरुको भनाई छ । शक्ती राष्ट्रले आफू अनुकुल वातावरण निर्माण गर्न खोज्नु स्वभाविक भएपनि त्यो वातावरण नेताहरुले किन तयार पार्छन वहसको विषय यो भएको उनीहरुको तर्क छ ।
अर्थात प्रश्न चलखेल भएको आरोप लगाउने नेताहरुप्रति नै उठाउनुपर्ने उनीहरु बताउछन । नेपालमा चिनको चासो र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणले यो विषय फेरी उछालिएपनि को कति पानीमा छ छर्लङ भईसको छ । अर्थात आफू सत्तामा पुग्न शक्ती राष्ट्र अपरिहार्य रहेको भन्ने कुरा कसैले नकार्न सक्दैनन् ।अर्कातर्फ यो सबै जानेका उनीहरु नै किन उनीहरुकै ईशारामा चल्नु समेत कोहि पनि वाह्य शक्तीको अश्त्र केवल जनता झुक्याउने साधन बन्दै गएको छ ।


प्रतिक्रिया