काठमाडौँ — संसदीय निर्वाचन नजिकिदै गर्दा दलहरु सम्भावित राजनीतिक समिकरणको खोजीमा लागेका छन । कम्युनिष्ट गठबन्धन कि वामलोकतान्त्रिक गठबन्धन भन्ने दुई विकल्प बारे बहस सुरु भएको हो । जसमा दलहरुको मात्र नभई बाह्य शक्तीको समेत चासो बढेको छ । आगामी संसदीय निर्वाचनमा वामलोकतान्त्रिक गठबन्धन कि वाम गठबन्धन भन्ने वहस सुरु भएको छ ।
सत्ता गठबन्धनमै रहेका दलहरु समेत सम्भावित समिकरणको गृहकार्यमा लागि परेका छन भने नयाँ गठबन्धन एमालेका लागि त अत्यावश्यक नै बनेको छ । वर्तमान गठबन्धन कायम रहे स्थानीय तहको अवस्था भोग्नुपर्ने डर एमालेमा देखिएको छ । यस्तै कांग्रेसलाई दवाव दिन वा पेलिनबाट जोगिन समेत नयाँ समिकरणको खोजी आवश्यक रहेको महसुस गठबन्धनकै अन्य दलहरुले गरेका छन् । जसका लागि वाह्य शक्तीको समेत सक्रियता बढेको छ ।
वर्तमान सरकारको पश्चिमा ढल्काई र आगामी निर्वाचनमा कम्युनिष्ट प्रयोग गरेर वहुमत ल्याउने कांग्रेसको तयारीतर्फ चीन सचेत बनेको छ । फलत वाम एकताका लागि वातावरण बनाउन उसको सक्रियता बढेको छ । तर कम्युनिष्ट भनिएकाहरुमा भने कस्तो वामएकता भन्ने विषयमा प्रष्ट विचार देखिएको छैन । स्वयम माओवादीभित्र भए एमाले अध्यक्ष केपी शर्मा ओली सहितको नभए एमाले बाहेक अन्यबीच वाम एकताको तयारी चलिरहेको छ ।
नारायणकाजी श्रेष्ठ लगायतका नेता भने पुरानो नेकपा ब्युताउने पक्षमा देखिएका छन । तर उनको आह्वानमाकठोर जवाफ दिँदै ओलीले कांग्रेसको पुच्छर छोडेर आउन भनेपछि अन्योलता बढेको छ । एमाले र माओवादी दुवैमा वाम एकताको वकालत गर्नेहरु छन । तर आफू वाहेक अन्यलाई वामशक्ती नै नमान्ने ओलीको अहंकारले यसमा समस्या खडा गरिदिएको छ । यता कांग्रेसले भने आगामी निर्वाचनमा आफूलाई फाईदा हुने गरी गठबन्धन गर्न आवश्यक रहेको निष्कर्षमा पुगेको छ । प्रचण्ड एक्लै चुनाव नलडी कोहि न कोहि संग गठबन्धनमा जाने पक्का भएकोलेउनीहरुलाई नरोके आफैलाई क्षती हुने कांग्रेसको बुझाई छ । फलत ः पहिलेबाटै कम्युनिष्ट एक हुन नदिने र आफैसंग राख्ने अनि त्यसको फाईदा उठाउने रणनितिमा रहेका देउवाले यहि गठबन्धनलाई टिकाई राख्नुपर्नेमा जोड दिएका छन् ।
देउवाको यो बुझाईमा गठबन्धनका विषयमा असन्तुष्टि राख्दै आएका नेता डा. शेखर कोईरालाले समेत सकारात्मक देखिएका छन । अर्थात कांग्रेसलाई कम क्षती हुने गरी गठबन्धन गर्नुपर्नेमा कोईराला पनि सहमत देखिएका हुन् ।
यसरी कांग्रेसले आफ्नो बाटो प्रष्ट गर्दा प्रचण्ड भने के गर्ने भन्नेमै अन्योलमा देखिएका छन । विशेषत निर्वाचनमा भागवन्डामा पर्ने सिट र निर्वाचन पश्चात सत्ता नेतृत्वको विषयले उनलाई पोलेको छ । अहिले प्रष्ट भएर अघि नबढे सम्भावनाहरुको ढोका पनि बन्द हुने र कांग्रेसले पेल्ने उनको बुझाई छ ।
त्यसैको छिनोफानो गर्न उनी भारत गएको र भारतकै मध्यस्थतामा आरजु राणासंग सहमती गरेर फर्किएको एमालेले आरोप लगाएको छ । वाम एकताको पक्षमा चिनको सक्रियता देखेपछि यहि गठबन्धन टिकाउन र प्रचण्डलाई विश्वस्त पार्न भारत सक्रिय भएको धेरेको विश्लेषण छ । यद्यपी प्रचण्डले भने यसलाई अस्वीकार गरेका छन ।
हुन त निर्वाचनमा गठबन्धन गर्नु नै अलोकतान्त्रिक गतिविधि भएको र यसले भागबण्डाको राजनीतिक वढावा दिने धेरैको बुझाई छ । तर दक्षिणा एसियाकै राजनीतिमा कमजोर–कमजोर मिलेर वलियोलाई हराउने परिपाटी नै बन्दै गएको छ । जसबाट नेपाल अछुतो छैन ।यहि गलत अभ्यासकावीच कता बढि भाग पाईन्छ भन्ने खेलो चलिरहेको छ ।


प्रतिक्रिया