काठमाडौँ — ताप्लेजुङको मेरिङदेन २ सान्थाक्रामा आगलागी हुँदा १,५९,६०,४०० बराबरको क्षति भएको शेर्पा सञ्चार समुह नेपाल मेरिङदेन गाउँपालिकाका अध्यक्ष फुर्वा शेर्पा (राज)ले जानकारी दिएका छन् ।

श्रावण २ गते बिहान करिब २ः४५ बजे मेरिङदेन गाउँपालिका वडा नं : २ सान्थाक्राको खाम्साक्पा स्थित रेजुङ शेर्पाको १७ जनाको परिवार रहेको घरमा बिधुतीय तारमा आएको समस्या लाईन सर्ट भई उत्पन्न भएको आगोले ५ वटा घर पूर्णरुपमा क्षति भएको छ ।

यसै घरमा कार्यालय स्थापना गरेर रहेको नेपाल शेर्पा संघ मेरिङदेन गाउँपालिकाको कार्यालय, नेपाल शेर्पा संघ वडा नं : २ को कार्यालय, खाम्साक्पा सेवा समाजको कार्यालय, ञ्युङने समितिको सामग्री, ३ वटा गोन्पाको काङ्गुर तेन्ग्युर सबै सामग्री, गरगहना लगायत अन्य सामान जलेर नस्ट भएको शेर्पाले जानकारी दिए ।

बिपदमा परेको घरपारिवारलाई तत्काल अस्थायी बसोवासको प्रबन्धको लागि मेरिङदेन गाउँपालिकाले त्रिपाल, म्याट्रेस, ओढने ओछ्याउने सामग्री, खाघन्न सामाग्री लगायतको सामाग्री उपलब्ध गराएको छ ।



साथै नेपाल रेडक्रस सोसाईटी दोभान शाखा र मेरिङदेन ३ दोभान बजार निबासी महानुभावहरुबाट पनि खाघन्न, त्रिपाल, म्याट्रेस लगायतको सामग्री लगायत अन्य स्थानीयवासीहरुबाट पनि विविध सामाग्रीहरु उपलब्ध गराएको अध्यक्ष शेर्पाले जानकारी दिए ।



प्रतिक्रिया