काठमाडौँ — साउन महिनासँगै हरियो तथा पहेँलो चुरारपोते र मेहेन्दीको सिजन सुरु भएको छ । यी विभिन्न शृङ्गार मेकअप सामग्री भारत लगायत अन्यमुलुकबाट भित्रिने गर्छ । आर्थिक वर्ष २०७८र७९ को ११ महिनामा मात्रै झण्डै ३ अर्बको मेहन्दीसहित मेकअप सामग्री भित्रिएको भन्सार विभागले जनाएको छ । वर्षेनी मेकअप सामानका लागि बाहिरिने रकम बढ्दो छ ।

गत आर्थिक वर्ष २०७८र७९ को साउनदेखि जेठ मसान्तसम्म २ अर्ब ८९ करोड ९३ लाख ३४ हजार रुपैयाँ बराबरको १९ लाख ३३ हजार ६३ किलो मेहन्दी, सनस्कृन क्रिम लगायत मेकअपका सामग्री भित्रिएको विभागको तथ्यांक छ । आर्थिक वर्ष ०७७र०७८ मा २ अर्ब १३ करोड २० लाख ३ हजारको मेहन्दी, सनस्कृन क्रिम लगायत मेकअप सामग्री आयात भएको थियो । सामान्यत बिहेको सिजन र साउन महिना मेहन्दीको सिजन रहेको ब्यापारी बताउँछन् ।

साउन महिना सुरु भएसँगै शृङ्गार पसल तथा चोकचोकमा चुरा, पोते र मेहन्दी लगाउनेहरूको चहलपहल बढेको छ । विभागका अनुसार ११ महिनामा ५४ करोड १४ लाख २८ हजार रुपैयाँको चुरा र पोते भित्रिएको छ । सो रकमको ३६ लाख ९२ हजार ९९७ दर्जन र ४ लाख २९ हजार ३५९ किलो चुरापोते भित्रिएको छ । आर्थिक वर्ष ०७७र०७८ मा ४१ करोड १४ लाख ५९ हजार रुपैयाँको चुरापोते आयात भएको थियो ।


प्रतिक्रिया