Breaking

देउवाको झाँको झारे गगन-विश्वले, काँग्रेस बैठकमा देउवाविरुद्ध वादप्रतिवाद (भिडियोसहित)


काठमाडौँ — सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारर पार्टी सञ्चालनकोआलोचना गर्दै काँग्रेस केन्द्रीय समिति बैठक सकिएको छ ।बैठकमा सभापति र महामन्त्रीद्वय वादप्रतिवादमा उत्रिए । कुनै ठोस उपलब्धी नदिएको बैठकले काँग्रेसको समस्या ज्यूँ का त्यूँ छोडेको छ ।

काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पहिलोपल्ट सभापति शेरबहादुर देउवाको खुलेर विरोध गरे । देउवाको कार्यशैलीमाथि महामन्त्रीद्वयले गम्भीर प्रश्न उठाएपछि पाँच दिनसम्म चलेको बैठक वादप्रतिवादमा सकियो ।

बैठकको सुरुआतमै सभापति देउवाले आफुलाई जिस्काए विधान फेरेरै फेरि सभापति हुने धम्की दिएपछिदेउवा नेतृत्वकै संस्थापनपक्षले महामन्त्रीद्वयलाई केटाकेटीपन, प्रचारमुखी ‘मिडियामेन’ र देउवा विरोधीको आरोप लगायो । जसबाट धैर्यताको बाँध तोडेका महामन्त्रीद्वयले देउवाकै अघि देउवानै चुप लाग्ने गरि जवाफ फर्काए ।कसैले बाँडेर नभई निर्वाचित भएर महामन्त्री बनेको स्पष्ट पार्दै महामन्त्री थापाले आफ्नो आँट देखाउदैबोल्न पाउने र बोल्न नडराउने भन्दै आफ्ना कुरा राख्न थाले ।

संस्थापन पक्षका नेताहरुलेगुट चलाएको आरोप लगाएपछि महामन्त्री थापा झनै आक्रोशित बने ।आफूलाई मत नहाल्ने नेताले पनि जिम्मेवारी पाउँछ भन्ने सभापतिले बुझेगुट आफैं बन्द हुने दाबी गरे । उस्तै आक्रामक महामन्त्री शर्मा पनि देखिए । नेतृत्वको प्रशंसा गर्ने नाममा ओम जय, जगदीश हरे गरेर घण्टी नबजाउन र आलोचना गर्नेका नाममा डन्डा पनि नचलाउन सुझाव समेत दिए । दुवै महामन्त्रीको तीखो प्रहारपछि सभापति देउवालेआफुलाई नखेद्न आग्रह गर्दै मिलाएर जान चाहेको बताए । तथापी सार्वजनिक रुपमा बोल्दा पार्टीको केन्द्रको निर्णयमा एकमुख भएर बोल्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ ।

पार्टीको १४ औं महाधिवेशनबाट महामन्त्रीमा उदाएका गगन–विश्वलाई रुपान्तरणकारी अनुहारका रुपमा हेरिएको छ । रुपान्तरणकारी एजेन्डाकै कारण पार्टीलाई विधिमा चलाउनेअठोट लिएका उनीहरुले सुरुसुरुमा देउवासँगको सहकार्यमा विशेष ध्यान दिएका थिए । तर मनोनयन, नियुक्त प्रक्रियादेखि विभाग गठन र भातृ संस्थाको नेतृत्व चयनसम्म देउवाको पेलानमा परेपछि सहकार्य ६ महिनामै भाँडियो । पार्टीमा कुनै गुटबन्दी भेला नगर्ने कसम खाएका शेखर–गगनहरु पनि प्यार्टी प्यालेसमा धाउन थाले ।पार्टी काम र आफ्नै सभापति नेतृत्वको सरकारका निर्णयहरुसमेत मिडियाबाट थाहा हुने अवस्था आएपछि ‘भुसको आगो, परालसरी’ दन्कीएको छ ।

बैठकको सुरुआतमै संस्थापनइतर समूहको नेतृत्व गरेका शेखर कोइरालाले आफ्नापछि प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले जासुस खटाएको आरोप लगाएपछि काँग्रेसको तापक्रम उच्च विन्दुमा पुग्यो । त्यसको प्रतिवाद गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाणले गरे । कुनै सुरक्षा चुनौती नरहेको ठाउँमा जासुस खटाउन आवश्यकसमेत नरहेको बताए लगत्तै देउवासमेत गुटको भेला पार्टी कार्यालयमै गर्न सुझाएका थिए । मुलतः आपसी रोषमै बैठक सकियो ।

सभापति देउवा र महामन्त्रीद्वयको आक्रामक उपस्थितिमै काँग्रेस बैठक केन्द्रीत बन्दा अन्य नेताहरु यसपटक ओझेलमा परे । विगतमा देउवासँगै प्रतिवाद गर्न बानी परेका रामचन्द्र पौडेल र कृष्ण सिटौला जस्ता नेताहरुको जोडदार सहभागिता भएन । अन्ततः पार्टी सञ्चालनदेखि सरकार सञ्चालनसम्मका विषयमा देउवामाथि प्रश्न उठाउँदै बैठकले विट मारेको छ ।