Breaking

न्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न न्यायपरिषद्को बैठक बस्दै


काठमाडौँ — न्यायाधीश नियुक्तिलगायतका विषयमा छलफल गर्न न्यायपरिषद्को बैठक बस्दै छ ।

उच्च र सर्वोच्च अदालतमा न्यायाधीशहरुको दरबन्दी रिक्त रहेको अवस्थामा बैठक बस्न लागेको हो । नियमित तालिकाअनुसार नै बैठक बोलाइएको परिषद्का एक सदस्यले बताए ।

प्रधानन्यायाधीश अध्यक्ष रहने परिषदमा कानुनमन्त्रीसहित अन्य चारजना सदस्य रहने कानुनी व्यवस्था छ । अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बनमा रहेकाले कामु प्रधानन्यायाधीशको अध्यक्षतामा उक्त बैठक बस्न लागेको हो ।

हाल उच्च अदालतमा ठूलो संख्यामा न्यायाधीशहरुको दरबन्दी रिक्त छ । साथै सर्वोच्च अदालतमा पनि न्यायाधीशको दरबन्दी रिक्त छ । न्यायाधीशहरुको दरबन्दी लामो समयसम्म रिक्त रहँदा पनि न्यायपरिषदले परिपूर्ति गर्न सकेको छैन ।