Breaking

काठमाडौँमा बिहानैदेखि वर्षा, देशभर बदली रहने सम्भावना


काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ ।

अहिले प्रदेश नम्बर-१, वाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै र कर्णाली प्रदेशका एकरदुई स्थानमामा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको महाशाखाले उल्लेख गरेको छ ।

आज दिउँसो देशभर मौसम आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका थोरै र बाँकी भू–भागका एकरदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।