समाचार

आज साउनको पहिलो सोमबार, शिवालयमा श्रद्धालुको घुइँचो


काठमाडौँ — आज साउन महिनाको पहिलो सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा छ ।

ज्योतिषशास्त्रमा सोमबारको स्वामी भगवान् शिवलाई मानिएको छ। त्यसैले यो दिनको उनको आराधना गरिन्छ । आफू र परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ ।

शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ ।