Breaking

रोल्पामा एक पुरुष मकैबारीमा मृत भेटिए


काठमाडौँ — रोल्पामा एक व्यक्ति मृत भेटिएका छन् । रुन्टीगढी गाउँपालिका-२ धैरेनीका ६८ वर्षीय लक्ष खत्री मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार मृतकको शव रुन्टीगढी गाउँपालिका-४ सुर्पालस्थित युवराज रानाको मकैवारीमा फेला परेको हो ।

घटनावारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।