काठमाडौं — काठमाडौं उपत्यका र आसपासका जिल्लामा हैजाका बिरामीको बढ्दै गएका छन् । आइतबारसम्म ३१ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार नुवाकोट कंकनीका एक युवकमा हैजा देखिएसँगै संक्रमित संख्या ३१ पुगेको हो ।
नुवाकोट कंकनीका एक जना युवक थप उपचारका लागि टेकु अस्पताल आउनु भएको थियो, महाशाखाका प्रमुख चुम्मनलाल दासले भने,’ अहिले उहाँ घर फर्किनु भएको छ । संक्रमित मध्ये तीन जनाको अस्पतालमा उपचार भइरहेको छ । हैजा देखिएकामध्ये १४ वर्षमुनिका ६ जना बालबालिका रहेका छन्।
प्रतिक्रिया