देश

करबापत समायोजन भएको रकम अनुदान स्वरुप नेपाल आयाल निगमलाई उपलब्ध गराउने तयारी


काठमाडौँ —सरकारले पेट्रोलियम पदार्थमा पूर्वाधार करबापत मूल्य समायोजन भएको रकम अनुदान स्वरुप उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयमार्फत नेपाल आयाल निगमलाई उपलब्ध गराउने भएको छ । असार ३१ गते बसेको मन्त्री परिषद्को बैठकले ५९ करोड, ८६ लाख, ८० हजार रुपैयाँ आयाल निगमलाई उपलब्ध गराउने निर्णय गरेको हो ।

मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक कुलदेव थापालाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको बताउनु भयो । प्रवक्ता कार्कीले राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक पदमा प्रदीप शर्मा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको पनि बताउनु भयो ।