काठमाडौँ — भारत भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्नुभएको छ । भाजपा कार्यालय पुगेर प्रचण्डले नड्डासँग भेटवार्ता गर्नुभएको हो् । भेटमा भारतीय विदेश सचिव मन्त्री एस जयशंकर पनि सहभागी थिए ।
भाजपा अध्यक्ष नड्डाको निमन्त्रणमा गत शुक्रबार माओवादी अध्यक्ष प्रचण्ड नयाँदिल्ली जानुभएको थियो । तर भारत पुगेर पनि प्रचन्डको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने भेट नहुने भएको छ । र प्रचन्ड आजै स्वदेश फर्किने भएका छन् ।


प्रतिक्रिया