काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकार मृत भइसकेको टिप्पणी गरेका छन् । सोमबार सम्पादकहरुसँगको छलफलमा उनले सरकार मृत भइसकेको भन्दै उनले अब यसलाई बोकेर हिँड्न नहुने बताए । यो निष्प्राण भइसक्यो, यसले हैजा फैलाउँछ, यसले समाजलाई दूषित गराउँछ’ उनले भने, ‘यो सरकार डेड भइसक्यो, देशका लागि यो मृत भइसक्यो । ओलीले अब सरकारको अंग प्रत्यंग झर्दै जाने पनि टिप्पणी गरे ।
भगवान शिवले बोकेर हिँड्दा त सतीदेवी काम लागिनन्, यसका अंग प्रत्यंग झर्दै जान्छ उनले भने, भ्रष्टचारी अंग झरेर पिठ बन्छ त्यो ठाउँ त रुखो हुन्छ । एमाले अध्यक्ष ओलीले अब मुलुक चुनावका प्रवेश गरिसकेको भन्दै सरकारको काम नभएको बताए ।


प्रतिक्रिया