काठमाडौँ — चिनियाँ कम्युनिस्ट पार्टी सिसीपी विदेश विभाग प्रमुख लिउ जियान्चाओ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुँदैछ। प्रचण्डलाई भेट्न लिउ सोमबार अपरान्ह ४ बजे प्रचण्ड निवास खुलमटारमा जाने भएका हुन्। नेपाल भ्रमणमा रहेका लिउले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए।
खुमलटारमा भेटवार्ता सकिएपछि आजै साँझ होटल सोल्टीमा रात्रीभोज आयोजना गरिएको छ। अध्यक्ष प्रचण्डका स्वकिय सचिव रमेश मल्लका अनुसार खुमलटारको भेटपछि होटल सोल्टीमा प्रचण्डका तर्फबाट रात्रीभोज आयोजना गरिएको हो। प्रधानमन्त्री देउवासँगको भेटपछि आइतबार साँझ होटल मेरियटमानेता लिउ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डललाई परराष्ट्रमन्त्रीसमेत रहेका कांग्रेस नेता डा। खड्काले रात्रीभोज दिएका थिए।
भोजमा एक दर्जन कांग्रेस नेता सहभागी थिए। प्रधानमन्त्री देउवासँगको भेटअघि चिनियाँ नेता लिउले परराष्ट्रमन्त्री खड्कासँग परराष्ट्र मन्त्रालयमा छुट्टै भेटेका थिए। भेटमा खड्काले नेपालले चीनसँगको सम्बन्धलाई विस्तार गर्न चाहेको बताएका थिए।


प्रतिक्रिया