काठमाडौँ — प्रतिनिधि सभा सदस्य सुरेशचन्द्र दासले प्रधानसेनापति प्रभुराम शर्माले भारतसँग जोडिएको सिमानामा काँडेतार लगाउने भनेर दिएको अभिव्यक्तिको विरोध गरेका छन्। उनले त्यस्तो निर्णय राजनीतिकस्तरमा गरिने पनि बताएका छन्। एउटा सेमिनारमा नेपालको आर्मी चिफले बोर्डरमा काँडे तार लगाउनुपर्छ भन्ने अभिव्यक्ति दिएको सुने, उनले भने, यो अभिव्यक्तिअनुसार यो निर्णय राजनीतिकस्तरमा गर्ने हो।
राजनीतिक व्यक्तिले गर्ने हो। सरकारले गर्ने हो। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अन्य सांसदहरुले पनि आ–आफ्नो क्षेत्रको विकास निर्माणको काममा ढिलासुस्ती भएको बताएका थिए। उनीहरुले किसानले अहिलेसम्म पनि मल नपाएको विषय उठाएका थिए।


प्रतिक्रिया