काठमाडौँ — नेकपा एमालेले स्थानीय तहको मतको समीक्षा गर्दै आगामी चुनावका लागि बहुमतका लागि १६ प्रतिशत मत अपुग रहेको निष्कर्ष निकालेको छ । एमालेले आफ्नो तल्लो कमिटीहरुलाई जनमत बढाउनका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ । एमालेले जारी गरेको अन्तर पार्टी निर्देशन अपानीमा मत वृद्धिका लागि नयाँ पुस्तामा विशेष ध्यान दिने र मतको संरक्षण गर्ने योजना बनाउन भनेको छ ।
हामीलाई बहुमत पुग्न करिब १६ प्रतिशत मत अपुग छ । त्यसलाई वृद्धि गर्न सकिन्छ र त्यसका लागि ठोस योजनाका साथ अघि अगाडि बढ्ने, अपानीमा भनिएको छ । नयाँ पुस्तालाई विशेष ध्यान दिने, पार्टीको जनाधार बलियो भएको ठाउँमा जनाधारलाई सुदृढ गर्ने । कमजोर जनाधार भएको ठाउँमा जनाधार विस्तारमा जोड दिने । एमालेले स्थानीय तह चुनावको समीक्षा गर्दै ३४ प्रतिशत मत प्राप्त गरेर सबैभन्दा ठूलो दल बनेको दाबी गरेको छ । यो स्थानीय निर्वाचनमा सत्ता गठबन्धनको घेराबन्दी, आक्रमण र राज्य शक्तिको दुरुपयोगका बाबजुद सर्वाधिक लोकप्रिय मत ९३४ प्रतिशतसहित हाम्रो पार्टीलाई पहिलो शक्तिको रूपमा स्थापित भएको भनिएको छ ।


प्रतिक्रिया