Breaking

ओली–प्रचण्ड मिलाउन चिनियाँ उच्च नेता नेपालमा!देउवाको बढ्यो ढुकढुकी,वाम एक होलान् ?


काठमाडौँ — चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपालको चार दिने भ्रमण आएका छन् । भ्रमणका क्रममा प्रधानमन्त्रीसँग भेटवार्ता गरेको लिउले राष्ट्रपतिसहित कम्युनिष्ट पार्टीका नेताहरुसँग भेटवार्ता गर्ने छन् । मुख्य उद्देश्य भने कम्युनिष्टबीचको एकता नै रहेको राजनीतिक वृत्तमा चर्चा छ । उत्तरतिरबाट हानिएर जब चिनियाँहरुको पाइला काठमाडौैंमा अवतरण हुन्छ, तब वाम एकताको सम्भावना, कम्युनिष्ट मिलनको रहर र प्रजान्त्रिक शक्तिको ढुकढुकी एकसाथ बढ्न थाल्छ ।

यस्तै सम्भावना र डर लिएर चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओलेआइतबार बिहान ११ बजे काठमाडौंमा पाइला टेके । उद्देश्य वामहरुलाई एक बनाउने देखिएपनि भेटवार्ताको सुरुआत प्रधानमन्त्री शेरबहादुर देउवाबाट सुरु गरे । अपरान्ह चारबजे प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका लिउले चारदिने भ्रमणका क्रममा बढीभन्दा बढी कम्युनिष्ट पार्टीका अध्यक्षहरुसँग भेटवार्ता गर्नेछन् ।त्यसमध्ये एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेट लिउका लागि विशेष हुनेछ । किनकि यी तीन शक्तिलाई एक बनाउनु चिनियाँको उद्देश्य हो । तथापी अहिले नै एमालेसहितको दलको एकता सम्भव नभएको नेताहरु बताउँछन् ।

एउटै विचारधारा भएका दललाई एक बनाउँदा त्यसको प्रभाव बढ्ने रशक्ति राष्ट्रको दबाब पनि कम हुने ठहर गर्दै चीनले नेपालका दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रलाई ५ वर्षअघि नै एक बनाउन शक्ति खर्चिएको थियो । सोही बमोजिम आम निर्वाचनमा मिलेर गएकाएमाले–माओवादीलेत्यसपछि पार्टी एकता गर्दै नेकपा बनाए ।संसदीय इतिहासमै बहुमत ल्याएको सरकार बन्यो ।

तर तीनबर्षमै एकता टुंगियो र एमाले पनि विभाजन भएर माधव नेपालको नयाँ पार्टी थपिएको छ । यसलाई आफ्नो नोक्सानीका अर्थमा हेरेको चीनले एमसीसी जस्ता अमेरिकी सम्झौता रोक्न समेत हरदम प्रयास गरेको थियो । तर कम्युनिष्टमाथि नै कम्युनिष्ट भारी परेपछि काँग्रेसले सत्ताका नेतृत्व गर्ने अवसर पायो रएमसीसी पारित भयो भने चीनको प्रयास हारमा परिणत भयो ।अब पाँच महिनापछि आम निर्वाचन हुँदैछ । ठिक यसबैला चिनियाँ कम्युनिष्ट पार्टीका उच्च नेताले विदेश भ्रमणको सुरुआत नै नेपालबाट गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

राजसंस्थाका बेला दरबारसँग नजिक रहेर काम गरेको चीनले दलहरुप्रति वेवास्ता देखाएको थियो । तर २०७४ पछि चिनियाँ आँखा नेपालका कम्युनिष्टमाथि परेको छ ।पछिल्लो चारबर्षमै चीनबाट भएका उच्चस्तरिय भ्रमणले नेपालमाथि थप चासो बढेको देखाउँछ । २०७६ को असोजमा सीपीसीका तत्कालिन विदेश विभाग सोङ ताओले नेपाल भ्रमण गरेका थिए ।२०७६ कै असोजमा चीनका राष्ट्रपति सी चिनफिङले दुई दिने राजकीय भ्रमण गरे । जुन २३ वर्षपछि भएको सबैभन्दा उच्चस्तरिय नेपाल भ्रमण थियो ।त्यसयता २०७७ मंसिरमा चीनका रक्षामन्त्री वेई फेङहेले औपचारिक भ्रमण गरे ।

२०७७ कै पुसमा सीपीसीका तत्कालिन विदेश विभाग प्रमुख कुओ येचौं र २०७८ चैतमा विदेशमन्त्री वाङ यीले नेताको औपचारिक भ्रमण गरे । त्यसको तीन महिनापछि सीपीसीका नवनियुक्त विदेश विभाग प्रमुख लिउ नेपाल आएका हुन् ।प्रधानमन्त्री देउवाको अमेरिकी भ्रमण अनिश्चिता तर्फ धकेलिएका बेला चिनियाँ भ्रमण भएको छ । पछिल्लो समय अमेरिकी सैन्य सम्झौता एसपीपीमा चीनले आपत्ति जनाउनेमात्रै होइन सम्झौता अघि नबढ्ने सरकारको निर्णयपछि स्वागत गरेको थियो ।तर यता चीनका उच्च नेता आएर नेपाल धाउने उता प्रधानमन्त्री पत्नी आरजु राणा देउवा दिल्ली हानिएकी छिन् । यसलाई संयोगभन्दा बढी अर्थपूर्ण मानिएको छ ।