काठमाडौं — काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेशनमा थुप्रिएको फोहोरमा जीवातु जैविक तरल पदार्थ हालेर प्लाष्टिकले छोपेको छ । अहिले झरीले बञ्चरेडाँडा जाने सडक विग्रेको कारण पूर्ण क्षमतामा फोहोर ढुवानी हुन सकेको छैन । त्यसैले टेकुमा फोहोर थुप्रिएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनका सचिवालय सदस्य सुनिल लम्सालका अनुसार अहिले फोहोर भरिएका १५० भन्दा धेरै गाडी जान सकेका छैनन् । टेकुमा माघदेखिको फोहोर जम्मा भएको लम्सालले जानकारी दिए । टेकुको ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ । बाँकी क्षेत्रमा हरियाली बगैंचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको प्रयास छ ।


प्रतिक्रिया