Breaking

झापामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु


काठमाडौँ — झापाको बिर्तामोड शनिश्चरे सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा पाँचथर फिदिम नगरपालिका-५ का २६ वर्षीय कुमार खनालको मृत्यु भएको हो ।

प्रहरीले दुर्घटनास्थलमा भेटिएको नागरिकताका आधारमा उनी फिदिमको बासिन्दा भएको पत्ता लगाएको हो । उनी सवार बा४२प १२८ नंको मोटरसाइकल सडक किनारमा पल्टिएको र सडकमै मृत भेटिएको प्रहरीको भनाइ छ । दुर्घटना र मृत्युबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।